हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण-Sutra News

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार फेसबुकमार्फत् आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको अभिनेता आचार्यले जानकारी दिएका छन्।



‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेस्ट गरेका थियौं। हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ,’ उनले लेखेका छन्।

आचार्यले आफूहरुसँग सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गर्न अनुरोध गरेका छन्। उनले छिट्टै कोरोनालाई जित्नेसमेत बताएका छन्।

‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं। कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट