चलचित्र विकास बोर्डद्वारा दुई सय प्राविधिकलाई आर्थिक सहयोग-Sutra News

चलचित्र विकास बोर्डद्वारा दुई सय प्राविधिकलाई आर्थिक सहयोग

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण चलचित्रकर्मीदेखि प्राविधिकसम्म मारमा परेका छन्।



कहिलेदेखि सिनेमा हल तथा सिनेमासम्बन्धी क्रियाकलाप सञ्चालनमा आउने भन्नेमा जानकारी सरकारले गराएको छैन। यस समयमा मारमा परेका सिनेमा प्राविधिकहरुलाई चलचित्र विकास बोर्डले सहयोग गरेको छ।

चलचित्र विकास बोर्डले चलचित्र प्राविधिक संघसँगको सहकार्यमा प्रति व्यक्ति दुई हजारको दरले प्राविधिकलाई सहयोग गरेको हो। बोर्डले आफ्नो बजेट अनुसार सहयोग गरेको बोर्डका लेखा शाखाका प्रभाकर भट्टराईले बताए। उनका अनुसार चलचित्र प्राविधिक संघसँग छलफल गरि अति प्रभावित दुई सय प्राविधिकलाई पुग्ने गरि १० लाख रुपैयाँ छुट्याइएको थियो।

उनले भने, ‘हामीले प्राविधिक संघ सँगको छलफलमा दुई सय जना अनुमान गरेर त्यहिँ अनुसार सहयोग रकम छुट्याएका थियौं।’
चलचत्रि प्राविधिक संघका प्रमुख पुस्कर लामाका अनुसार विकास बोर्डबाट आएको सहयोग रकमले ५/५ सहयोग गरिएको थियो।

लामाका अनुसार पछिल्लो पटक भएको निषेधाज्ञाभन्दा अघि प्राविधिकलाई सहयोग रकम प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट