७७ जिल्लामै पिसीआर परीक्षण गर्न देउवाको माग-Sutra News

७७ जिल्लामै पिसीआर परीक्षण गर्न देउवाको माग

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७७ जिल्लामै कोरोना परीक्षण सुरू गर्न सरकारसँग माग गरेका छन्।



आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले कोरोना संक्रमण दायरा वृद्धि गर्न उनले माग गरेका हुन्।

‘पिसिआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुर्‍याउन माग गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।

कोरोनाका विरामीलाई उपचार गर्ने अस्पताल तथा आइसोलेसनहरू व्यवस्थित बनाउन पनि देउवाले माग गरेका छन्।

‘कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु,’ उनले भनेका छन्, ‘खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट