देउवाले सदस्यता वितरण र नवीकरणमा मनपरी गरेको इतर समूहको आरोप-Sutra News

देउवाले सदस्यता वितरण र नवीकरणमा मनपरी गरेको इतर समूहको आरोप

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- सभापति शेरबहादर देउवाले मनपरी ढंगले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले आरोप लगाएको छ।



१४औँ महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेसमा गुटगत भेला, छलफल र सम्वादहरू चलिरहेका छन्। आइतरबार संस्थापन इतर समूहले भर्चुअल बैठक गर्दै सभापति देउवाको कार्यशैलीप्रति आपत्ति जनाएको छ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीसमेत डा.शशांक कोइराला र डा. शेखर कोइराला, प्रकाशमान सिंहलगायतका नेता छन्।

भर्चुअल बैठकमा सभापति देउवाले सुदूरपश्चिमका जिल्लाहरूमा मनपरी ढंगले क्रियाशील सदस्यता वितरण र नवीकरण गरेकोप्रति छलफल भइरहेको पौडेल निकट नेता बन्द्री पाण्डेले सूत्रन्युजलाई जानकारी दिए।

‘रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, शेखर कोइरालालगायत हामी सबै छलफल गरिरहेका छौं। सभापतिले आफूखुसी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको विषयमा बैठकमा छलफल भएको छ,’ युवा नेता पाण्डेले भने, ‘सभापतिको यस्तो कदम सच्याउन बैठकले माग गरेको छ।’

आगामी फागुन ७ देखि १० गते हुने भनिएको महाधिवेशनमा संस्थापन इतर समूहका आधा दर्जन नेताहरूले सभापतिका लागि आकांक्षी छन्। इतर समूहबाट साझा उम्मेदवार छनोटका विषयमा पनि छलफल हुने गरेको छ। तर आआफ्नो दाबीले उम्मेदवार छनोट हुने सकिरहेको छैन।

आजको बैठकले सोही विषयमा छलफलको ढोका खुलेको छ। इतर पक्षीय नेताहरूले सार्वजनिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेर प्रचार गरे पनि उनीहरूबीच सहमतिबाटै उम्मेदवारको छनोट हुने कसरस गरिरहेका छन्।

संगठनमा महत्वपूर्ण मानिने कांग्रेसका क्रियाशील सदस्य संख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेका छन्। केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट