ओलीको राजीनामा नमाग्‍ने सुझावसहित नेकपा अध्यक्षद्वयलाई कार्यदलले बुझायो प्रतिवेदन-Sutra News

ओलीको राजीनामा नमाग्‍ने सुझावसहित नेकपा अध्यक्षद्वयलाई कार्यदलले बुझायो प्रतिवेदन

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- बालुवाटारमा शनिबार झण्डै ८ घण्टा बैठक गरेर कार्यदलले प्रतिवेदन टुंग्याएको उक्त कार्यदलका एक सदस्यले सूत्रन्युजलाई जानकारी दिए। विवाद समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका लागि सुझावसहितको प्रतिवेदन साँझ ४:५५ बजे दुवै अध्यक्षलाई बुझाएको ती सदस्यले जानकारी दिए।



३० साउनमा नेकपामा विद्यमान आन्तरिक विवादको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो।

के छ प्रतिवेदनमा ?

ती सदस्यले दिएको जानकारीअनुसार प्रतिवेदनमा प्रधानमन्त्री एवं केपी शर्मा ओलीको राजीनामालाई थाती राख्दै स्थायी कमिटीको बैठक निर्धातिर कार्यसूचीमा अधारित भएर सञ्चालन गनुपर्ने सुझाइएको छ।

प्रतिवेदनमा सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने उल्लेख छ। आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने र त्यसमै सैद्धान्तिक र विवादबारे छलफल गरेर टुंगो लगाउनुपर्ने पनि सुझाइएको छ।

त्यस्तै संघीय र प्रदेश मन्त्रिपरिषद्मा केही हेरफेर गरेर ‘पावर सेयरिङ’को विषयलाई टुंग्याउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट