प्रयोगपछि कसरी व्यवस्थापन गर्ने मास्क ?-Sutra News

प्रयोगपछि कसरी व्यवस्थापन गर्ने मास्क ?

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

एजेन्सी–कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैले मास्क लगाउन सरकारले अनिवार्य गरेको छ । मानिसहरूले पन्जा पनि प्रयोग गरिरहेका छन्। बायोमेडिकलका डाक्टरहरूले सामान्य व्यक्तिले यी मास्कहरू र ग्लोभहरू प्रयोग गरेपछि विशेष झोलामा ७२ घण्टा वा तीन दिनसम्म राख्न सुझाएका छन् ।



संक्रमित व्यक्तिले प्रयोग गरेका ती सामग्रीलाई कोविड वेस्ट भनिनेछ । यसलाई लिन नगरपालिकाबाट फोहोर बोक्ने गाडी आउनेछ । त्यसलाई कालो बक्समा राखिनेछ। यो ब्ल्याक बक्स कचरा ट्रान्सफर स्टेशनमा छुट्टै संकलन भइरहेको छ र त्यहाँबाट यो इन्सेनेटरमा जान्छ।

भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का दिशानिर्देशहरूका अनुसार भाइरसका बिरामीले प्रयोग गर्ने सामग्रीले मात्रै कोरोना सर्दैन ग्लोभ्स, मास्कहरू, सिरिन्जहरू र फ्याँकिएका औषधिहरू पनि कोरोना संक्रमणका साधन हुन् ।

त्यसैले ती सामग्रीहरूको सही व्यवस्थापन गर्नुपर्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट