अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अपिल, उपत्यकामा तोकिए स्वाव संकलन केन्द्र-Sutra News

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अपिल, उपत्यकामा तोकिए स्वाव संकलन केन्द्र

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र चाडपर्वहरु घरमै बसेर मनाउन काठमाडौं उपत्यकाबासीलाई अपिल गरेको छ।



स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकु्मार अधिकारीले मंगलबार एक सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालनालगायत अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन र भिडभाड नगर्न सर्वसाधारलाई आग्रह गरेका हुन्।

काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि शंकास्पद बिरामीको सम्पर्कमा आएका तथा जोखिमयुत्तः स्थानबाट आएका व्यक्तिहरुलाई नजिकको स्वाव संकलन केन्द्रमा परीक्षण गर्न अनुरोध गरिएको छ।

स्वाव संकलन केन्द्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म परीक्षण गर्न सकिने जनाइएको छ। 

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका १४ अस्पतालमा स्वाव संकलण गरिरहेको जनाएको छ। कोरोनाको लक्षण देखिएमा वा शंका लगेमा पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, विरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रशूति अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरियामैत्री अस्पतालमा स्वाव परीक्षण गराउन सकिन्छ।

press health.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट