पछिल्लो २४ घण्टामा १६७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण-Sutra News

पछिल्लो २४ घण्टामा १६७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

बिहिबार, १ साउन २०७७

बिहिबार, १ साउन २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीवारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्। योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ।

मन्त्रालयले अहिलेसम्म ११ हजार २ सय ४९ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको जनाएको छ।

गौतमले विगत २४ घण्टामा २१३ जना निको भएर घर फर्किएको जानकारी दिए।

कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट