नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे दुई अर्ब मात्रै-Sutra News

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे दुई अर्ब मात्रै

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ । बुधबार नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।



विभिन्न ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिद बिक्री हुँदा दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९१ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको चार दशमलव ०८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ करोड ८० लाख ५९ हजार ११६ बराबरको चार लाख ९४ हजार ७४५ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट