एनसेलकाे वार्षिकोत्सव अफर : ग्राहकहरूले जित्न सक्छन् माेबाइल ब्यालेन्सदेखि स्कुटरसम्म-Sutra News

एनसेलकाे वार्षिकोत्सव अफर : ग्राहकहरूले जित्न सक्छन् माेबाइल ब्यालेन्सदेखि स्कुटरसम्म

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

काठमाडाैं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले १८ औं वार्षिकोत्सव मनाएकाे छ । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरी मनाएको हाे ।



कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । जसमा प्रत्येकले ‘एभी कस्टमर इज अ विनर’अफरमा सबै ग्राहकले २८ दिनसम्म केही केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन् ।

जसका लागि ग्राहकले *१७११७# डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य हुनेछन् ।

सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउन योग्य हुनेछन् । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् ।

दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् ।

अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् ।

एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ ।

सन् २००५ सेप्टेम्बर १७ मा एनसेल स्थापना भएको थियो। पहिले ‘मेरो मोबाइल’ ले आफनो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बीर कायुमोमले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं’ ।

एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेको उनले बताए ।

‘बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ। एनसेल हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं’ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट