बस्दै नबसी स्थगित भयो संसद बैठक-Sutra News

बस्दै नबसी स्थगित भयो संसद बैठक

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । मंगलबार दिनको ३ बजेका लागि बोलाएको बैठक ‘विशेष कारण’ भन्दै बुधबार ३ बजेका लागि सारिएको छ ।



सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमतिले टुंगो नलाएको कारण बैठक सारिएको बुझिएको थियो ।

सोमबार राति बसेको दलका शीर्ष नेताहरुको बैठकले सुन तस्करी प्रकरणको विस्तृत छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने मोटामोटी सहमति गरेको थियो । तर, सहमतिलाई पूर्णंता दिन मंगलबार दिउँसो बोलाइएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए । जसका कारण शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित हुन पुग्यो ।

शीर्ष तहको बैठक स्थगित भएपछि संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना निकालेको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा भदौ ६ गते दिउँसो ३ बजे बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट