सेयर बजारमा सुधारको संकेत, अधिकांश सूचक सकारात्मक-Sutra News

सेयर बजारमा सुधारको संकेत, अधिकांश सूचक सकारात्मक

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०
nepse

काठमाडौं । निरन्तरको गिरावटपछि सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । दुई हजार तल ओर्लिएको बजार मंगलबारदेखि पुनः दुई हजार माथि उक्लिएको छ ।



मंगलबार १७.६९ अंकले बढ्दै सेयर बजार २०१५.९८ को बिन्दुमा पुगेको छ । सेयर बजार समग्रमा ०.८८ प्रतिशतले बढेको छ ।

माथि उक्लिएको सेयर बजारका सबैजसो इन्डेक्स सकारात्मक देखिएका छन् । सेन्सेटिभ इन्डेक्समा ३.३६ अंकले बढेको छ भने फ्लोट इन्डेक्समा १.१० अंकको सुधार आएको छ । यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले बढेको छ ।

मंगलबार नेप्सेका सबै उपसमूहमा हरियाली छायो । सबैभन्दा बढी फाइनान्स उपसमूहमा २.२१ प्रतिशतको बृद्धि भएको छ ।

यस दिन कारोबारमा आएका २२७ कम्पनीमध्ये १८१ कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको मूल्य घटेको छ । चार कम्पनीको मूल्य भने यसअघिकै कायम रह्यो ।

सबैभन्दा बढी कुथेली बुखरी जलविद्युत कम्पनीको मूल्यमा ९.९८ प्रतिशतले बृद्धि भयो भने इन्ग्वा जलविद्युत, माई खोला जलविद्यूत, मकर जितुमाया जलविद्युत, छ्याङ्दी जलविद्युतलगायतको कम्पनीको मूल्यमा आठ प्रतिशतभन्दा बढीको बढोत्तरी छ ।

यसअघिका दिनमा सेयर बजारमा कारोबार रकम भने केही घटेको छ । मंगलबार ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको भएको छ । जुन अघिल्ला दिनको तुलनामा भने केही कम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट