के छ केन्द्रीय समिति बैठकमा माधवकुमार नेपालले प्रस्तुत गरेकाे प्रतिवेदनमा ?-Sutra News

के छ केन्द्रीय समिति बैठकमा माधवकुमार नेपालले प्रस्तुत गरेकाे प्रतिवेदनमा ?

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा उनले ४० पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।



अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् । राजनीतिक प्रतिवेदनमा उनले एमालेलाई दक्षिणपन्थी विसर्जनवादी गुट भएकाे टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालकाे राजनीतिक प्रतिवेदनमा गत निर्वाचनबाट उदाएका कतिपय राजनीतिक शक्तिप्रति कटाक्ष गरिएकाे छ । उनले नयाँ राजनीतिक शक्तिले राजनीतिक इतिहास र सिद्धान्तभन्दा अलग केवल क्षणिक लोकरञ्जन (पपुलिजम) खाेजेकाे आराेप लगाएका छन् ।

यस्तै, अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ । यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजनका रूपमा नेपालले सङ्गठनात्मक काम, विचारधारात्मक, प्रचारात्मक, आर्थिक कामका साथै कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, जनजागरण अभियान र राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यस्ताे छ प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट