फेरि गायन क्षेत्रमै फर्किइन् मधु क्षेत्री, तिज गीत ‘हेर्दिन ऐना’ सार्वजनिक-Sutra News

फेरि गायन क्षेत्रमै फर्किइन् मधु क्षेत्री, तिज गीत ‘हेर्दिन ऐना’ सार्वजनिक

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

काठमाडौं । प्रत्यक्षरुपमै लोकगीत संगीत क्षेत्र छोडीसकेको बताउँदै आएकी गायिका मधु क्षेत्री पुनःगायन क्षेत्रमै फर्किएकी छिन् । लोकगीत संगीत क्षेत्र छोडिसकेको र अब कहिल्यै गीत नगाउने बाचा गरेकी गायिका क्षेत्रीले तीज गीत ‘हेर्दिन ऐना’ बोलको गीतबाट पुनः गायन क्षेत्रमा फर्किएकी हुन्।



क्षेत्रीले गाएको तीज गीत हेर्दिन ऐना केही दिनअघि सार्वजनिक भइसकेको छ ।

गीतमा गायिका मधु क्षेत्रीलाई अर्का चर्चित गायक भागीरथ चलाउनेले साथ दिएका छन्। गीतमा सङ्गीत पनि गायक भागीरथ चलाउने कै छ।

सिनेम्याटोग्राफर नवराज उप्रेती रहेको भिडिओमा कलाकारहरू रमेश विश्वकर्मा र गीता ढुङ्गानाको जोडी नाचेका छन्।

उनीहरूलाई अरू कलाकारले पनि साथ दिएका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र टिकटकमा चर्चा बटुल्दै गएको छ।

यस्तो छ गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट