पाेखरामा हट एयर बलुनको उडान फेरि सञ्चालनमा आउँदै, कति लाग्छ शुल्क ?-Sutra News

पाेखरामा हट एयर बलुनको उडान फेरि सञ्चालनमा आउँदै, कति लाग्छ शुल्क ?

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

पोखरा । पोखरामा हट एयर बलुनको उडान पुनः सुचारु हुने भएको छ । मनसुनसँगै रोकिएको उडान आगामी सेप्टेम्बर १ देखि पुनः सुचारु हुन लागेको बेलुन नेपाल कम्पनीले जनाएको छ ।



बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिएअनुसार आगामी सेप्टेम्बर १ देखि पोखराको पामेबाट हट एयर बलुन नियमित उडान हुनेछ। उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बलुन उडाइनेछ ।

बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए ।

हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल पर्ने गरेको छ ।

करिब छ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोटलगायत पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउनेछ ।

कम्पनीले जनाएअनुसार अब दुई जना पाइलटले बलुन उडाउनेछन् । सुरक्षालाई ध्यानमा राख्दै बेलुनमा तीन वर्ष मुनिकालाई भने उड्न रोकिएको कम्पनीले जनाएको छ ।

उड्न कति लाग्छ शुल्क ?

कम्पनीका अनुसार हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई नौ हजार पाँच सय रुपैयाँ शुल्क लाग्नेछ भने मुलुकका पर्यटकका लागि १०० डलर शुल्क लाग्नेछ । यस्तै, अन्य मुलुकका पर्यटकलाई भने १३० डलर शुल्क लाग्नेछ ।

उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुइतर्फी यातायात सुबिधा र प्रमाणपत्र समेत दिइने जनाइएको छ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ ताकिएको कम्पनीले जनाएको छ ।

उड्दा कस्तो कुरामा ख्याल गर्ने ?

हट एयर बलुनमा उड्ने सोच बनाएर जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ ।

यसबाहेक हिल जुत्ता वा अन्य जुत्ता भन्दा स्प्रोर्ट्स जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट