एमाले सरकारबाट बाहिरिएसँगै यस्तो रणनीतिमा अघि बढ्दै प्रचण्ड, माधव र देउवाले कहिलेसम्म देलान् साथ ?-Sutra News

एमाले सरकारबाट बाहिरिएसँगै यस्तो रणनीतिमा अघि बढ्दै प्रचण्ड, माधव र देउवाले कहिलेसम्म देलान् साथ ?

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेपाली राजनीतिमा फेरी एक पटक ठूलै रेक्टर स्केलको भूकम्प गएको छ । सत्तासाझेदार दलहरुले धमाधम साथ छोड्दै गएका बेला काँग्रेसको साथले हौसिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी आएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिसकेको भएता पनि उसले सरलाई विश्वासको मत भने कायमै राखेको छ ।



यसैबिच सोमबार एमालेले पनि समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । राप्रपाले पनि सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएको छैन । यी तीन पार्टिका मन्त्रीहरु सरकारबाट बाहिरिँदा प्रधानमन्त्रीले १६ मन्त्रालय सम्हाल्नुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय ,सहरी विकास मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय प्रधानमन्त्रीको काँधमा थपिएका हुन् । अब सरकारमा माओवादी र जनमत पार्टी मात्र रहेका छन् ।

नेकपा एमालेले प्रधानमन्त्रीले एमाले र मन्त्रीहरुलाई गरेको व्यवहारले सरकार छाड्न बाध्य भएको बताएको छ । एमाले सरकारबाट बाहिरिनुको मूख्य कारण राष्ट्रपति निर्वाचनकै बिषय रहेको छ । गएको पुस १० गते एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस समय एमालेलाई राष्ट्रपति बनाउने मौखिक समझदारी भएको थियो । तर राष्ट्रपति निर्वाचनको मिति तोकिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमति हुनुपर्ने कुरामा अडिक रहे । एमालेले सहमतीको पालना हुनुपर्ने कुरा गर्दै आइरहेको थियो । तर पछिल्लो घटनाक्रम रोचक बन्यो ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई धोका दिदै नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितको ८ दलिय गठबन्धन तयार गरे । अब प्रधानमन्त्री प्रचण्डको समर्थनको लागि ८ दलिय गठबन्धनबाट माओवादी केन्द्रमा ३२, नेपाली कांग्रेसमा ८८, जसपामा १२ सिट, एकीकृत समाजवादीमा १०, नागरिक उन्मुक्तिका एक स्वतन्त्रसहित ४, जनमतमा ६ र राष्ट्रिय जनमोर्चामा १ सांसदसहित १५३ सांसदको साथले अघि बढ्दैछन् ।

जसबाट कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनको लागि उम्मेदवार बनाइएको छ भने एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा जाँदैछन् । माओवादीले नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितको ८ दलिय गठबन्धन तयार गरेपछि राप्रपा सरकारबाट बाहिरिएको थियो । अब सरकारबाट दलहरु बाहिरिँदै र समर्थन फिर्ता लिन थालेपछि प्रधानमन्त्रीले संसदबाट फेरी विश्वासको मत लिने तयारी गरेका छन् । यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको चुनाव अघि नै प्रचण्डले संसदबाट विश्वासको मत लिएर अघि बढ्ने रणनीतिमा छन् उनी । प्रचण्डले निर्वाचनको समयमा आँफुलाई साथ र सर्मथन दिएको काँग्रेस र एसकै लाइनमा आएर बनाएको गठबन्धन कति समय अघि बढ्छ त्यो भने समयले नै देखाउला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट