आफ्नो कार्यकाल लम्बाउन अर्को चाल चल्दै प्रचण्ड-Sutra News

आफ्नो कार्यकाल लम्बाउन अर्को चाल चल्दै प्रचण्ड

शुक्रबार, ५ फाल्गुन २०७९

शुक्रबार, ५ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाइसकेको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार उठाउने बताइसकेको छ भने सत्ता गठबन्धनबाट कुन दलबाट उम्मेदवार बनाउने भन्ने सहमती हुन सकिरहेको छैन ।



प्रचण्ड नेतृत्वको सरकार बनाउदा प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने माओवादी केन्द्र र एमालेबीच समझदारी भएको थियो । तर राष्ट्रपति निर्वाचन मिति नजिकिदै गर्दा यो सहमती पालना हुने देखिएको छैन । एमालेले राष्ट्रपति आफ्नै हुनुपर्ने दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमै राष्ट्रपति निर्वाचन हुने अडान छाडेका छैनन् । सरकार बनाउँदा मैखिक सहमती भएको र अहिले त्यो प्रधानमन्त्री प्रचण्डले पालना गर्न नखोजेको एमालेको भनाई छ ।

Pमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपति निर्वाचनको बिषयमा निरन्तर छलफल भइरहेको छ तर खासै उपलब्धि भने भएको छैन । उनीहरुबीचको भेटवार्तामा दुवैबीच यसै बिषयमा दोहोरो कुराकानी हुँदा भनाभन समेत भएको छ । एमाले अध्यक्ष ओली सहमती अनुसार राष्ट्रपति आफूहरुले नै पाउनुपर्ने र यस बिषयमा पहिले नै कुरा भइसकेकोले केही टुंगो लगाउनुपर्ने नदेखेको बताउदा प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा नै अडान छाडेनन् ।

अहिले राष्ट्रपति निर्वाचनका लागि माओवादी निर्णायक शक्तिको रुपमा देखा परेको छ । बिहीबार बिहानपनि अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भयो । यसपटक भने उनीहरुबीचको दुई घन्टाको कुराकानीमा एउटा नौलो कुरा थपिएको छ । उनीहरुबीचको कुराकानीमा सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ हुन थालेको स्रोतको भनाई छ । राष्ट्रिय सहमतिको कुरामा माओवादीले साढे दुई वर्षभन्दा बढी समय सरकारको नेतृत्व गर्न पाउनुपर्ने गरी सर्त राखेर बार्गेनिङ गर्न थालेको बताइएको छ ।

स्रोतका अनुसार बिहिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एमालेले सरकारलाई पूर्णतः सहयोग गर्नुपर्ने र राष्ट्रपतिमा साझा उम्मेदवार खोजिनुपर्ने प्रस्ताव राखेका छन् । यो कुराले प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल लम्बाउन खोजेको बुझ्न थालेको एमालेका नेताहरु बताउँछन् । यो हेर्दा साढे दुई वर्षभन्दा बढी समय आफ्नो नेतृत्वमा सरकार चलाउने सहमती भए प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति एमालेलाई दिन तयार हुन सक्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट