कम्बोडियामा आगलागीबाट बच्न १२औँ तलाबाट हामफाल्दा ज्यान गुमाएका निराकारको शव आज नेपाल आइपुग्ने-Sutra News

कम्बोडियामा आगलागीबाट बच्न १२औँ तलाबाट हामफाल्दा ज्यान गुमाएका निराकारको शव आज नेपाल आइपुग्ने

शुक्रबार, ६ माघ २०७९

शुक्रबार, ६ माघ २०७९

काठमाडौं – कम्बोडियामा आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल ९क्यासिनो०मा गत पुस १५ गते बिहान आगलागी भएको थियो । सो आगलागीमा नेपालका पाण्डे पनि परेका थिए ।



क्यासिनोमा आगलागी भएपछि आफूलाई बचाउन होटलको १२औँ तलाको झ्यालबाट हामफाल्दा निराकारको ज्यान गएको थियो । सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन निराकारको शव ल्याउन ढिलाई भइरहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई निर्देशन दिएपछि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाइएको थियो । पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट