भारतमा कोठामा सुतिरहेको अवस्थामा निसासिएर ३ नेपालीको मृत्यु-Sutra News

भारतमा कोठामा सुतिरहेको अवस्थामा निसासिएर ३ नेपालीको मृत्यु

सोमबार, १८ पौस २०७९

सोमबार, १८ पौस २०७९

काठमाडौं – भारतमा ३ जना नेपालीको मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा ३ नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको हो ।



मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका उनीहरु मजदुरी गर्न भारत गएका थिए । उनीहरुले कोठामा कोइला बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट