कसैले सुनेनन् निराकरणको हारगुहार, परिवारलाई १२ तलाबाटै पठाए यस्तो भिडियो-Sutra News

कसैले सुनेनन् निराकरणको हारगुहार, परिवारलाई १२ तलाबाटै पठाए यस्तो भिडियो

शुक्रबार, १५ पौस २०७९

शुक्रबार, १५ पौस २०७९

काठमाडौं । कम्बोडियाको एक होटलमा आगलागी हुँदा एक नेपाली नागरिकसहित १९ जनाको मृत्यु भएको छ । होटलमा आगलागी भएपछि झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे झ्यालबाट हाम फाले ।



झ्यालबाट हामफालेका उनको बिहीबार बिहान मृत्यु भएको बताइएको छ । आफू झ्यालबाट हामफाल्नुअघि पाण्डेले आफू समस्यामा परेको बारे परिवारलाई जानकारी गराएका थिए ।

आफू बसेको होटलमा आगलागी भएर थुनिएपछि उनले परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सम्पर्क गरे । आगलागी भएपछि उनले परिवारलाई भिडियो सन्देश पठाएका थिए । भिडियोमा उनले छोरालाई आत्मविश्वासी र हर समस्यामा कसरी सामना गर्ने भन्ने प्रेरणा दिएका छन् ।

उनले भिडियोमा भनेको सानो अंश यस्तो छ – ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।’

कम्बोडियामा ज्यान गुमाएका निराकरणको शव अहिले उनकै साथिहरुले जिम्मा लिएको बताइएको छ । उनको शव नेपाल ल्याउन थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत पहल थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट