बेलायतसँग त्रिपक्षीय वार्ता : पेन्सनका विषयमा विस्तृत छलफल-Sutra News

बेलायतसँग त्रिपक्षीय वार्ता : पेन्सनका विषयमा विस्तृत छलफल

बिहिबार, १५ मंसिर २०७९

बिहिबार, १५ मंसिर २०७९

लण्डन – भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दुतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ ।



बैठकमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्ग, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारी सहभागी थिए ।

बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को वैठक छिट्टै गरिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट