कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म-Sutra News

कांग्रेस नेता गिरीको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

आइतबार, ५ भाद्र २०७९

आइतबार, ५ भाद्र २०७९

काठमाडौँ – नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हँुदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।



आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनुहुने छ । नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ ।

प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उहाँको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट