कर्मचारीलाई कोरोना संक्रमण भएपछि मेडिकल काउन्सिलको सेवा प्रभावित-Sutra News

कर्मचारीलाई कोरोना संक्रमण भएपछि मेडिकल काउन्सिलको सेवा प्रभावित

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ ।



काउन्सिलका रजिस्टार डा.कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिनसम्मका लागि केही ढिलाइ हुने बताए ।

मंगलबार आएको कोरोनाको परीक्षणको रिपोर्टमा २ जना पदाधिकारी र ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको उनले बताए ।

रजिस्टार डा.अधिकारीकाले बुधबार एकसूचना जारी गर्दै सेवामा हुने ढिलाइबारे सेवाग्राहीलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट