द्वन्द्वपीडित परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, बिमितलाई वार्षिक एक लाखसम्म उपचार खर्च-Sutra News

द्वन्द्वपीडित परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, बिमितलाई वार्षिक एक लाखसम्म उपचार खर्च

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरिएको छ । दाङका स्थानीय सरकारहरूले निःशुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् ।



पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको काम सुरु भएको छ । आर्थिक वर्ष २०७८-०८९ मा यी वडाहरूले बजेट व्यवस्थापन गरी उनीहरूको स्वास्थ्य बिमा सुरु गरेको घोराही उपमहानगरपालिका-१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

वडामा रहेका द्वन्द्वपीडितहरूको तथ्यांक संकलन गरी बिमा गराउने काम भइरहेको छ । वडा नम्बर १४ मा रहेका १८ घरपरिवारका करिब एक सयजनाको बिमा गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष डाँगीले बताए ।

वडा नम्बर १७ मा ३० घर परिवारका एक सय ५० जनाको विमा भइसकेको वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले बताए । अन्य बाँकी भएका द्वन्द्वपीडितको तथ्यांक संकलन गर्ने कार्य वडाले जारी राखेका छन् ।

बिमा बनाउँदा पाँच परिवार बराबर तीन हजार पाँच सयका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ । पाँचजना भन्दा माथि प्रतिव्यक्ति थपिए सात सयका दरले बिमा रकम थप्दै जानुपर्ने हुन्छ । बिमा गरेबापत बिमितहरूले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट