ट्याक्टरको ठक्करबाट कलेज गइरहेका २१ वर्षीय विद्यार्थीको गयो ज्यान-Sutra News

ट्याक्टरको ठक्करबाट कलेज गइरहेका २१ वर्षीय विद्यार्थीको गयो ज्यान

बुधबार, २८ पौस २०७८

बुधबार, २८ पौस २०७८

काठमाडौँ । बुधबार बिहानै एक कलेज जान लागेका विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।



पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा मृत्यु भएको हो ।

प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको बताइएको छ ।

बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षिय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट