चन्द्रागिरीमा ढिस्कोले पुरिएर २० वर्षिय युवकसहित २ जनाको मृत्यु-Sutra News

चन्द्रागिरीमा ढिस्कोले पुरिएर २० वर्षिय युवकसहित २ जनाको मृत्यु

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौंको । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको पुरानो नैकापमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । त्यस्तै २ जना घाइते भएका छन् ।



मृत्यु हुनेमा उदयपुर बेलुवा–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँ पालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ रहेका छन् ।

पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

त्यस्तै पर्खालले थिचेर घाइते हुनेमा २१ वर्षका मिलन तामाङ र  धादिङ गल्छी गाउँ पालिका घर भएका १८ वर्षिय हरि घले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट