सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक-Sutra News

सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–लेखक सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक भएको छ । नेपालय पब्लिकेसन्सले प्रकाशित गरेको उपन्यासलाई शुक्रबार सार्वजनिक गरिएको हो ।



घरेलु कामकाजका कारण प्रतिबन्धमा पर्ने महिलाको पहिचानको विषयलाई आफ्नो पुस्तकमा समेटेको लेखक गौतमले बताएकी छिन् । इतिहासमा अघिल्लो पुस्ताले जस्तै गरेर अबको नयाँ पुस्ता आफ्नो जीवनको गन्तव्य तय नगर्ने र अनेकौं चुनौती र संघर्षसँग जेलिएर जीवन बाँच्ने समय भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘पुस्तक यस्तै संघर्ष र चुनौतीको विषयको कथा हो ।’

पत्रकारिताबाट लेखन क्षेत्रमा प्रवेश गरेकी गौतम पछिल्लो समयमा आलोचनात्मक टिप्पणीकारको रूपमा स्थापित छिन् । उनको यो पहिलो कृति हो । पुस्तकको मूल्य ४ सय ९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट