भारतमा थपिए ५४ हजार बढी कोरोना संक्रमित-Sutra News

भारतमा थपिए ५४ हजार बढी कोरोना संक्रमित

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नजिक पुगेको छ । आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।



भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट