ट्रम्पका छोरालाई ट्वीटरले लगायो १२ घण्टे प्रतिबन्ध-Sutra News

ट्रम्पका छोरालाई ट्वीटरले लगायो १२ घण्टे प्रतिबन्ध

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरामाथि ट्वीटरले १२ घण्टे प्रतिबन्ध लगाएको छ । ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेपछि उनीमाथि १२ घण्टासम्म कुनै ट्वीट गर्न नमिल्ने गरी प्रतिबन्ध लगाइएको हो ।



ट्वीटरका अनुसार ट्रम्प जुनियरले पोष्ट गरेको उक्त भिडियोले कोभिड–१९ बारे गलत सूचना सम्प्रेषण गर्छ । यो ट्वीटरको नियमको उल्लंघन हो । ट्वीटरले बीबीसीसँगको कुराकानीमा आफूले ती व्यक्तिहरुलाई आफ्नो नीति अनुसार कारवाही गरेको जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधिलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट