महेश बस्नेतको दाबी – कांग्रेसका २३ र माओवादीका २५ सांसद हामीतिर छन्-Sutra News

महेश बस्नेतको दाबी – कांग्रेसका २३ र माओवादीका २५ सांसद हामीतिर छन्

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

नेकपा एमालेका नेता तथा निवर्तमान सांसद महेश बस्नेतले कांग्रेस र माओवादी केन्द्र पनि फुटाइदिने चेतावनी दिएका छन् ।



एमालेनिकट युवा संगठनले आयोजना गरेको जुम बैठकमा बोल्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

‘कांग्रेसका २३ सांसदहरू पार्टी विभाजनका पक्षमा रहेको मैले बुझेको छु,’ बस्नेतले भने, ‘माओवादी केन्द्रका पनि आधाआधी सांसदहरू प्रचण्डबाट पार लाग्दैन भन्ने स्थितिमा पुगेका छन् ।’

बस्नेतले आफूहरू दुवै दललाई फुटाउने हैसियतमा रहेको दाबीसमेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट