भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघ्यो-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघ्यो

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

नयाँ दिल्ली- भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको मङ्गलबार जनाइएको छ।



गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ। सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन्। हालः भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ। हालः महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ। महाराष्ट्र कूल चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ।

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक ३८ हजार ४८२ जनामा सङ्क्रमण भएको र ती मध्ये एक २४ हजार २५४ जना निको भएर घर फर्किएका छन्। कोरोना सङ्क्रमणको कारण दिल्लीमा चार हजार २१ जनाको मृत्यु भइसेकेको छ। 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट