काठमाडौं उपत्यकामा ६२ सहित २५९ जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौं उपत्यकामा ६२ सहित २५९ जनामा कोरोना संक्रमण

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार याेसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ।



त्यस्तै काठमाडौं उपत्यकामा भने थप ६२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौमा ४८, भक्तपुरमा १२ र ललितपुरमा २ जना संक्रमित थपिएको मन्त्रालयको व्रिफिङमा जानकारी दिइयो।

त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै १५ हजार २६ जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट