सन्दीप लामिछाने १४ दिन क्वारेन्टीनमा-Sutra News

सन्दीप लामिछाने १४ दिन क्वारेन्टीनमा

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं- क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टीनमा राखिएको छ। सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टीनमा राखिएको हो।



सीपीएल आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ। ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो,’ उनका व्यवस्थापक रमन शिवाकोटीले भने।

यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनुपर्ने उनले बताए। ‘पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ,’ उनले भने।

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत् बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो पुगेका हुन्। सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भएका हुन्। 

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका छन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट