ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन-Sutra News

ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता निष्कर्षबिहीन भएको छ ।



सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।

नेकपाका एक नेताका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् ।

सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ । प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट