थप २२४ जनामा कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा चार जनाको मृत्यु-Sutra News

थप २२४ जनामा कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा चार जनाको मृत्यु

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरिका प्रयोगशालामा १० हजार ७८६ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



त्यस्तै काठमाडौं उपत्यकामा भने थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ भने हालसम्म १४ हजार ३९९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट