नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित-Sutra News

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।



पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने एकतर्फी बैठक स्थगित नहुने बताए। त्यसका लागि दुबै अध्यक्षको सहमति हुनुपर्ने उनको भनाइ थियो। अहिले नेकपा स्थायी समिति सदस्यहरु बालुवाटार पुगिसकेका छन्।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट