ओलीबिनै नेकपाको स्थायी कमिटी बैठक सुरु-Sutra News

ओलीबिनै नेकपाको स्थायी कमिटी बैठक सुरु

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरुको बढी सहभागीता रहेको बताइएको छ।



पूर्वनिर्धारित बैठक आज ११ बजे बस्ने भनिए पनि प्रधानमन्त्री ओलीले एक्लौटीरुपमा बैठक स्थगित भएको घोषणा गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच गृहकार्य गर्न बाँकी रहेकाले हाललाई बैठक स्थगित भएको बताएका थिए।

तर प्रचण्ड पक्षधरले ओली एक्लैको निर्णय भएको भन्दै त्यसको विरोध गरेका थिए।

बैठक स्थगित गरिएपछि प्रचण्डसहित झलनाथ खनाल र माधव कुमार नेपाल ओलीलाई भेट्न गएका थिए। उनी बैठकका लागि तयार नभएपछि उनको अनुपस्थितिमै स्थायी कमिटी सुरु भएको स्रोतले जानकारी दियो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट