उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा-Sutra News

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

सोल- उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ।



कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ।

सीमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन्।

सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठकमार्फत् संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गराएका हुन्।

नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागू गर्न आदेश दिएका हुन्।

आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोनासम्बन्धी कुनै पनि घटनाहरू नभएको दाबी गर्दै आएको थियो। 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट