थप एक सय जनामा कोरोना संक्रमण, चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु-Sutra News

थप एक सय जनामा कोरोना संक्रमण, चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा कोरोना स‌ंक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।

त्यस्तै थप दुई जनाको मृत्यु भएको छ। महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

बुधबार गरिएको प्रेस व्रिफिङअनुसार पछिल्लो २४ घण्टामा २०७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ।

देशका विभिन्न प्रयोगशालामा बुधबार ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट