काठमाडौं उपत्यकामा ९ सहित १५० जना कोरोना संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा ९ सहित १५० जना कोरोना संक्रमित थपिए

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ।



त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८ जना र ललितपुरका एक जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको प्रेस व्रिफिङमा जानकारी दिइयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट