कोरोना भाइरसबाट विश्वभरि छ लाख ८ हजार बढीको मृत्यु-Sutra News

कोरोना भाइरसबाट विश्वभरि छ लाख ८ हजार बढीको मृत्यु

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

जेनेभा- विश्वभरि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सोमबारसम्म ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको छ।



त्यस्तै विश्वभरि १ करोड ४६ लाख ४६ हजार ७०७ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन्। ५२ लाख ९९ हजार ८९४ संक्रमित उपचाररत छन्। संक्रमितहरुमध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको उहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। अमेरिकामामात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार २८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७४३ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख १७ हजार ९३६ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४५ लाख ७० हजार १८९ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ९६ हजार ६२२ जनाको मृत्यु भएको छ।

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ। एसिया ३४ लाख १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९६३ जनाको मृत्यु भएको छ।

अफ्रिकामा ७ लाख २४ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २०२ जनाको मृत्यु भएको छ। ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४५ जनाको मृत्यु भएको छ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट