विवाद समाधान गर्न ओली, दाहाल र नेपालबीच छलफल-Sutra News

विवाद समाधान गर्न ओली, दाहाल र नेपालबीच छलफल

बिहिबार, १ साउन २०७७

बिहिबार, १ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधान गर्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार छलफल सुरु भएको छ। छलफलमा नेकपा नेता माधवकुमार नेपाल पनि सहभागी छन्।



दुई अध्यक्षबीच निरन्तर छलफल भए पनि पार्टीभित्रको गतिरोध अन्त्य हुन सकेको छैन। त्यही भएर आजको बैठकमा नेपाल पनि सहभागी भएको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुको छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सहमतिका लागि र बाढी पहिरोका कारण भन्दै १ साता नेकपाको स्थायी समिति बैठक स्थगित भएको थियो।

स्थायी समिति बैठक साउन २ गते बोलाइएको छ। पार्टीभित्रको विवादका कारण असार १८ गतेदेखि नेकपा स्थायी समिति बैठक बस्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट