चार वरिष्ठ प्रहरी अधिकृत डीआईजीमा पदोन्नति-Sutra News

चार वरिष्ठ प्रहरी अधिकृत डीआईजीमा पदोन्नति

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट पदोन्नति भएका चार जना प्रहरी अधिकृतलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दज्र्यानी चिह्न प्रदान गरिएको छ ।



उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको आइतबारको निर्णयानुसार एसएसपीबाट डीआईजी पदमा पदोन्नति भएका चार जनालाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरे । पदोन्नति हुनेमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी छन् ।

गृह मन्त्रालय (सचिवस्तर)को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिह्न प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट