क्रेज खस्किएकै हो भन्ने प्रश्नमा साम्राज्ञीको जवाफ– स्टारडम फर्कियोस् भन्ने चाहना सबैको हुन्छ-Sutra News

क्रेज खस्किएकै हो भन्ने प्रश्नमा साम्राज्ञीको जवाफ– स्टारडम फर्कियोस् भन्ने चाहना सबैको हुन्छ

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । ८ वर्षअघि अनमोल केसीको फिल्म ‘ड्रिम्स’बाट नेपाली फिल्ममा डेब्यु हुँदै गर्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा चुचुरोमै थियो । पहिलो फिल्ममा उनको अभिनयका कारण हलसम्म दर्शक तान्न सक्ने सम्भावना बोकेकी अभिनेत्री भनेर उनको टिप्पणी भएको थियो ।



त्यसपछि उनले लगातार ‘ए मेरो हजुर २’, ‘मंगलम’, ‘तिमी सँग’, ‘मारुनी’ लगायत रोमान्टिक विधाका फिल्ममा काम गरिन् । तर, उनको बढेको क्रेज दिनानुदिन घटिरहेको छ । जेठ २५ गतेदेखि उनको नयाँ फिल्म रिलिज भइरहेको छ– ‘लण्डन टु पेरिस । ’ आइतबार दिउँसोमात्रै युट्युबमा फिल्मको ट्रेलर रिलिज भयो । तर, दुई दिन पुग्नै लाग्दा पनि यो समाचार तयार पार्दासम्म दुइ लाख भ्यूज पनि पुग्न सकेको छैन ।

हलमा अनमोल केसीको गुमेको स्टारडम फर्किएको चर्चा भइरहेका बेला सोमबार काठमाडौंमा आयोजित प्रेस भेटघाटमा साम्राज्ञीलाई सोधियो– ‘अहिले चलेका स्टार कलाकारहरुको स्टाडम फर्कियो भन्ने छ, तपाइलाईचाँही आफ्नो स्टाडम फर्किनु पर्छ भन्ने बोध हुदैन ?’ जवाफमा साम्राज्ञीले भनिन्, ‘त्यो त सबैजनालाई हुन्छ, यो मानविय स्वभाव नै हो । सबैलाई आफुलाई राम्रो गर्न मन लाग्छ, आफूले राम्रो काम गरेपछि सबैले मन पराइदिउन्, माया गरिदिउन् भन्ने आशा हुन्छ ।’

साम्राज्ञीलाई प्रायः फिल्ममा सहरिया चरित्रकै प्रस्ताव आइरहेको हुन्छ । यसबारे जिज्ञासा राख्दा उनले आफूले नचाहँदा नचाहँदै धेरैजसो त्यस्तै स्क्रिप्टमात्रै आएको बताइन् । ‘मलाई त्यस्तै त्यस्तै मात्र स्कृप्ट आएका हुन् । मलाई जसोतसो आठ नौं वटा स्किृप्ट आउँछन् त्यसमा पनि मलाई त्यसरि नै राखिएको हुन्छ । मलाई पनि मैले फरक धारको फिल्म गर्नु पर्छ भन्ने लाग्छ । मलाई पनि केही सिक्नु छ अरु पात्र गरेर । तर आउँदैन । त्यसैले जुन आउँछ, तिमध्ये छानेर गरिरहेको हुन्छु।’

फरक किसिमको पात्र गर्दा पनि साम्राज्ञीलाई दर्शकले अस्वीकार गरेको चर्चा समेत चल्ने गर्छ । अशोक शर्माको ‘रातो टिका निधारमा’लाई यसको एक उदाहरण मानिन्छ । यसबारे प्रश्न गर्दा उनको जवाफ थियो, ‘त्यतिबेला त्यो पात्र मात्रै होइन । मलाई लाग्छ वर्कसप, कथाबस्तु, निर्देशन सबै कुरामा एक जना मान्छेले मात्रै होइन, एउटा टिम पुरै लाग्नुपर्छ । अझ राम्रो प्रयास गर्नुपर्छ । डायलग डेलिभरी होस् कि सिनमा, हरेक कुरा सोचेर गर्नुपर्छ ।’

‘लन्डन टु पेरिस’ पनि तपाईलाई अरु चरित्रमा भन्दा पुरै फरक देखिँदैन नि भन्ने प्रश्न साम्राज्ञीले मुस्कुराउँदै जवाफ दिइन्, ‘म २६ वर्षको हुदाँ साइन गरेको थिएँ, मेरो हाउभाउसँग मिल्ने नै भएपनि यसको कथावस्तु निकै फरक थियो । तर, ट्रेलरमा देखाइएको छैन । यसका लागि हल नै पुग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट