फेरि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

फेरि बढ्यो सुनचाँदीको मूल्य

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारको तुलनामा सोमबार तोलामा तीन सय रूपैयाँले दरले सुनको मूल्य बढेको छ ।



महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख ३७ हजार दुई सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँ छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ३६ हजार नौ सय रूपैयाँ थियो ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आइतबारको तुलनामा प्रतितोला रु २५ ले बढेर सोमबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८० कायम भएको महासंघले जनाएको छ ।

अन्तराष्ट्र्रिय बजारमा मूल्यमा भइरहेको घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । महासंघका अनुसार केही सातादेखि नै नेपाली बजारमा सुनचाँदीको मूल्यमा निकै उतारचढाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट