एक सातामै सुनको मूल्यमा भारी गिरावट-Sutra News

एक सातामै सुनको मूल्यमा भारी गिरावट

शनिबार, १२ जेष्ठ २०८१

शनिबार, १२ जेष्ठ २०८१

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता अन्तिम कारोबार दिनसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा एक लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

गत साताको शुक्रबार तोलामा एक लाख ३८ हजार ६५० रुपैयाँ कायम तेजाबी सुनको मूल्य यो साताको शुक्रबार एक लाख ३६ हजार २५० रुपैयाँ कायम छ ।

सुनको मूल्यले यो साता नेपाली बजारमा ऐतिहासिक कीर्तिमान बनाएर गिरावट भएको हो । यस्तै, चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य या साता १८ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट