हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु-Sutra News

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु

शनिबार, १२ जेष्ठ २०८१

शनिबार, १२ जेष्ठ २०८१

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगर ११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट