१६ वर्षपछि ‘सानो संसार’कै नाममा फिल्म बन्दै-Sutra News

१६ वर्षपछि ‘सानो संसार’कै नाममा फिल्म बन्दै

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

काठमाडाैं । फिल्म ‘सानो संसार’ शुभमुर्हत गरिएको छ । शुक्रबार काठमाडाैंको कमलादी स्थित गणेश मन्दिरमा शुभसाइत गर्दै फिल्मको छायांकन भएको जानकारी दिइयो ।



फिल्म जेठको अन्त्यदेखि छायांकन सुरु हुने र काठमाडौं आसपासका क्षेत्रमा खिचिने जानकारी गराइएको छ । सिद्धार्थ पुडासैनीले निर्देशनमा निर्माण हुन लागेको यो फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटी र सीतादेवी तिमल्सिनाको शीर्ष भूमिका छ । पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्ममा सबैजना नयाँ कलाकार छन् ।

अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको सहकार्यमा बन्न लागेको फिल्मको कथा निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले मिलेर लेखेका हुन् ।

यो फिल्मलाई चर्चित फिल्म सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् । निर्माता अर्जुन कुमारका अनुसार फिल्मले सानो परिवारको कथावस्तु पेश गर्ने बताए ।

फिल्म स्टारले भन्दा कन्टेन्टले चल्ने भएकाले आफूले नयाँ कलाकारलाई लिएको बताउँदै उनले भने, ‘स्टारडमको भ्रम कसैलाई नहोस्, हिजो मैले फिल्ममा खेलाएका र काम गराएकाहरु लाखौं पारिश्रमिक बुझ्छन् । भोलिको स्टार बनाउन मैले नयाँ कलाकार लिएको हुँ ।’

फिल्मको शुभसाइत समारोहमा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पनि शुभकामना दिन उपस्थित थिए । फिल्म र श्रीमती सीतादेवीलाई शुभकामना दिँदै उनले भने, ‘अब घरपरिवार र कामलाई सन्तुलन मिलाएर अघि बढ्छौं श्रीमानको रुपमा म उनलाई करिअरमा सहयोग गर्नेछु ।’ सीतादेवीले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दे छिन् ।

यस अघि यही नाममा सन् २००८ स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा फिल्म ‘सानो संसार’ निर्माण भएको थियो । यो त्यस समयको फिल्म ‘कागबेनी’ पछि बनेको दोस्रो नेपाली एचडी फिल्म हो।

शहरिया युवापुस्तालाई समेटिएको फिल्मको कथा र गीतसंगीतलाई दर्शकहरूले निकै रुचाएका थिए । यस फिल्ममा कर्मा शाक्य, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, नीर शाह, सुशीला रायमाझी, अर्जुन श्रेष्ठ, जीवन बराल लगायत कलाकारहरूको अभिनय रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट