यी चार बानी त्यागेमा बढ्नेछ तपाइँकाे उमेर-Sutra News

यी चार बानी त्यागेमा बढ्नेछ तपाइँकाे उमेर

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

हामी ताेकेर निश्चित वर्षसम्म बाँच्न सक्दैनौं, तर हामी निश्चित रूपमा लामो र स्वस्थ जीवनको लागि काम गर्न सक्छौं। आनुवंशिक रूपमा कम उमेरमा मृत्युको जोखिममा रहेका व्यक्तिहरूले स्वस्थ बानीहरू अपनाउनु धेरै महत्त्वपूर्ण छ। तर, प्रश्न उठ्छ कि स्वस्थ जीवनशैली कहाँबाट सुरु गर्ने?



भर्खरै गरिएको एक अध्ययनले आफ्नो दैनिक बानीमा थोरै परिवर्तन गरेर आफ्नो आयु ५.५ वर्षसम्म बढाउन सकिने देखाएको छ । बीएमजे एभिडेन्स-बेस्ड मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययन रिपाेर्टले यस्ताे देखाएकाे हाे । उक्त अध्ययनका लागि साेधकर्ताहरूले १३ वर्षदेखि माथिका ३५०,००० भन्दा बढी व्यक्तिहरूको तथ्यांक विश्लेषण गरेका थिए ।

अनुसन्धानकर्ताहरूले यी व्यक्तिहरूको आनुवंशिकी, सामाजिक-आर्थिक स्थिति, शिक्षा र रोगको इतिहास बारे जानकारी लिएका थिए । जहाँ विशेषगरी व्यक्तिहरू जीवनशैलीमाथि अध्ययन गरिएकाे थियाे ।

अध्ययनमा आनुवंशिकरूपमा मृत्युकाे जाेखिम भएका व्यक्तिकाे आयु जीवनशैलीकै कारण बढेकाे पाइएकाे थियाे ।

४ राम्रो बानी जसले बढाउँछ आयु

धुम्रपान नगर्ने

धुम्रपानले फोक्सोको क्यान्सर मात्रै गर्दैन, यसले मुटुरोग, स्ट्रोक र अन्य रोगको जोखिम पनि बढाउँछ ।

स्वस्थ खाने

स्वस्थ फलफूल, तरकारी र अन्न समावेश भएको सन्तुलित आहार तपाईको समग्र स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। खराब खानेबानीले आयु घटाउने अध्ययनले पुष्टि गरेकाे छ ।

शारीरिक गतिविधि

नियमित व्यायामले तौल घटाउन मात्र सहयोग गर्दैन, यसले मुटु रोग, मधुमेह र केही प्रकारको क्यान्सरको जोखिम पनि कम गर्छ ।

रक्सी नखानु

मदिराको अत्याधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ तर, अध्ययनका अनुसार थोरै मात्रामा मदिरा सेवन गर्नु पनि फाइदाजनक हुनसक्छ ।

यो अध्ययन प्रमाण हो कि साना परिवर्तनहरूले पनि तपाईंको जीवनमा धेरै फरक पार्छ । यी ४ बानीलाई आफ्नो जीवनशैलीमा समावेश गर्नाले तपाई स्वस्थ रहने मात्रै होइन आफ्नो आयु बढाउन पनि सक्नुहुन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट