यी ५ व्यक्तिका लागि चिया विष समान !-Sutra News

यी ५ व्यक्तिका लागि चिया विष समान !

शुक्रबार, ११ जेष्ठ २०८१

शुक्रबार, ११ जेष्ठ २०८१

चिया संसारमा सबैभन्दा बढी पिइने पेय पदार्थ हो। यसको लोकप्रियता र लामो इतिहासलाई ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय चिया दिवस पनि हरेक वर्ष मे २१ पनि मनाइने गरिन्छ । 



आजको समयमा हरेक घरमा चियाको पिएको देख्न सकिन्छ । चियाका धेरै प्रकार छन्, जसमध्ये दूधको चिया सबैभन्दा लोकप्रिय छ ।

तर के तपाईँलाई थाहा छ दूध मिलाउँदा चिया विषाक्त हुन्छ । विशेषगरी यी ५ स्वास्थ्यसम्बन्धी समस्याको सामना गरिरहेका व्यक्तिका लागि दूधको चिया एक चुस्की विष बराबर हुन्छ । यहाँ तपाईंले चियाको सेवनले अवस्था बिग्रन सक्ने यस्ता स्वास्थ्य समस्याहरू बारे जान्न सक्नुहुन्छ।

आइरनको कमी 

यदि तपाईंको शरीरमा आइरनको कमी छ भने दूधसँग चिया धेरै कम सेवन गर्नुहोस् वा पटक्कै पनि नखानुहोस्। एनसीबीआईका अनुसार चियामा ट्यानिन नामक यौगिक हुन्छ, जसले शरीरलाई आइरन अवशोषित गर्नबाट रोक्छ। 

डिप्रेशन या तनाव

तपाईँ चिया पिए लगत्तै केही स्फूर्ति महसुस गर्न सक्नुहुन्छ । तर यदि तपाई डिप्रेसन वा तनावबाट गुज्रिराख्नुभएको छ भने चिया सेवन नगर्नुहोस् । चिया पिउनाले यसको समस्या अझ गम्भीर बन्न सक्छ।

रातमा अनिद्रा

यदि तपाई राति निदाउन सक्नुहुन्न भने यसको पछाडिको सबैभन्दा ठूलो कारण चिया हुन सक्छ । विशेषगरी यदि तपाइँ यसलाई साँझमा प्रयाेग गर्नुहुन्छ भने तपाइँकाे लागि याे थप घातक बन्न सक्छ । एनआईएचमा प्रकाशित एक रिपोर्ट अनुसार, क्याफिनले मेलाटोनिनको उत्पादन रोक्छ, जसले निद्रा नलाग्ने समस्या बढाउँछ ।

खराब पाचन

दूधको चियाले तपाईँको पाचन खराब बनाउन सक्छ। यसमा पाइने क्याफिन र फ्याटले एसिड बढाउँछ । जसले पाचन प्रकिया नै पूर्ण असन्तुलित गराउँछ ।

मुटु रोग

यदि तपाईँ मुटु रोगी हुनुहुन्छ भने दूधको चिया नखानुहोस् । यसले तपाईंको रोगलाई थप बढाउन सक्छ। तर, थोरै मात्रामा चिनी बिनाको कालो चिया पिउनु मुटुका लागि सुरक्षित मानिन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट